पर्यटन

पर्यटन सचिवको अवकाशः निमित्त सचिवको जिम्मेवारी बस्नेतलाई

Ministry of Tourism

२२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सेवाबाट अवकाश भएका छन् । विसं २०७२ असोज २३ गते सचिव पदमा बढुवा भएका अधिकारीले उमेरहदका कारण आजबाट अनिवार्य अवकाश हुनुभएको हो ।

आफ्नो पाँच वर्षे कार्यकालमा अधिकारीले सचिवका रूपमा पर्यटन मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए ।

अवकाश प्राप्त सचिव अधिकारीलाई विदाई गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले कुशल प्रशासकको रुपमा स्थापित अधिकारीले आफ्नो मन्त्रालयको जिम्मेवारीमा रहँदा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति गरेको समन्वय र सहयोगकारी भूमिकाको प्रशंसा गरे ।

उहाँले मन्त्रीको संसदीय भूमिका तथा मन्त्रीको अनुभवसमेत पहिलो भएकाले सचिवबाट धेरै सहयोग मिलेको बताए । सचिव अधिकारीले आफ्नो कार्यकालमा मन्त्री भट्टराईले सधै सकारात्मक सहयोग गरेको बताउनुभयो । पर्यटन मन्त्रालयको सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस