विश्व/प्रवास

लिबियाबाट सात भारतीय नागरिक अपहरण

libya

२३ असोज, काठमाडौं । लिबियामा सात भारतीय नागरिक अपहरणमा परेका छन् । लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय नागरिकहरुलाई भारत फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरण गरिएको हो ।

अपहरण गर्ने व्यक्तिहरुको समूह पहिचान भएको छैन । यसैबीच भारत सरकारले लिबियाली सरकारलाई उनीहरुलाई अपहरण मुक्त गर्न आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबियाली सरकारलाई आग्रह गरेको हो ।

भारत सरकारले आफना नागरिकहरुलाई लिबियाको भ्रमण नगर्न सन् २०१५ मा अपील जारी गरेको थियो भने सन् २०१६ मा लिबिया जान प्रतिबन्ध समेत लगाएको थियो । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेका छन् । अपहरणमा परेकाहरुको स्थिति अज्ञात छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *