समाचार

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कर्मचारी सञ्चय कोषको सेवा बन्द

epf nepal

२३ असोज, काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबारदेखि बन्द गरेको छ । कोषमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको भन्दै कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो ।

कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न आज (असोज २३ गते) कोषको उपत्यकास्थित कार्यालयहरू बन्द हुने कोषले निकालेको सूचनामा उल्लेख छ ।

कोषबाट प्रवाह हुने अनलाइन विशेष सापटी सेवा यथावत रहने कोषको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस