समाचार

शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले वृद्धि

gold shop

२३ असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सयले बढेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस