सूचना प्रविधि

पासवर्ड रिसेट गर्न इसेवाको आग्रह

esewa web

२३ असोज, काठमाडौं । ईसेवाले आफ्ना ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । इन्टरनेटको दुनियाँमा समान र अनुमानयोग्य पासवर्डका कारण दुरुपयोग हुनसक्ने खतरा भएको भन्दै कम्पनीले पासवर्ड रिसेट गर्न आग्रह गरेको हो ।

समाजिक सञ्जालमा इसेवा ह्याक भएर खाता विवरण लिक भएको हल्ला चलिरहेको बेला यो कुरामा कुनै सत्यतता नभएको कम्पनीका प्रमुख कार्यकारी सुवास सापकोटाले जानकारी दिए ।

ह्याक भएको हल्ला भएपनि कम्पनीले त्यो हल्ला आउनुअघि नै ग्राहकहरुलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको उनले बताए ।

esewa password reset

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस