अर्थनीति

लमजुङमा करदाता कार्यालय सञ्चालनमा

lamjung kardata

२३ असोज, लमजुङ । लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लमजुङ र मनाङ जिल्लाका करदाताहरुलाई करसम्बन्धी सेवा दिने उद्देश्यले सदरमुकाम बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको हो ।

करदाता सेवा कार्यालय बेसीसहरका कर अधिकृत सुशील लम्सालले हालसम्म करको दायरामा आएका लमजुङका ८ हजार २ सय ९० करदाता र मनाङका ५ सय ९७ करदाता गरी करिब ८ हजार ९ सय करदाता सेवाग्राहीलाई सेवा दिनेगरी कार्यालय सञ्चालनमा आएको बताए ।

कर अधिकृत लम्सालका अनुसार यो कार्यालयले करदाताको संख्या बढाउन थप कार्यहरु गर्नेछ । कर कार्यालयबाट व्यक्तिगत वा संस्थागत रुपमा दर्ता हुने, आफ्नो संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजस्व बुझाउनेलगायत सेवा पाउने पनि उनले बताए । लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसलाई करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताए ।

लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसहरुलाई करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताए । लमजुङ र मनाङ जिल्लाका करदाताहरु यसअघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट कर सम्बन्धी सेवा लिदै आएका थिए । कर दाता सेवा कार्यालयले लमजुङमे सेवा सूचारु गरेपछि करको दायरामा आउनेहरुको संख्या अझै बढ्ने लम्सालको भनाई छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *