समाचार

चोरी भएका २६ मोटरसाइकल फेला पारी सवारी धनीलाई हस्तान्तरण

motorcycle handover

२३ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ ।

शुक्रबार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् । प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाईकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रदेश–३–०२,०१४प ३१८९ र बोडेबाट हराएको को३९प २४३ नम्बरको बुलेट मोटरसाईकल फेला परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोभिड–१९ महामारीको बिचमा पनि सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरासाइकल र स्कुटर खोजीलाई निरन्तरता दिइएको महाशाखाका एसएसपी ढकालले बताए । मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ८ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्रेको छ । ट्राफिक प्रहरीले लकडाउन शुरु भएपछि ९० वटा मोटरसाईकल फेला पारेर सवारी धनिलाई जिम्मा लगाएको छ ।

चालू आर्थिक वर्ष ०७६/७७ मा महाशाखाले ३ सय २५ वटा हराएका दुईपांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागी अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।

bike list

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस