
२३ असोज, काठमाडौं । सिभिल मलले दशैतिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ ।
जस अन्तगर्त यामाहाको एफजेड बाइकदेखि होम एप्लियन्स र गिफ्ट भौचरहरु छन् । मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।
मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत यामाहाको एफजेड बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए । त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट ५ हजार रुपैयाँको नगद भौचर र एनआइसि एसिया बैकका कार्ड होल्डरले हरेक सामानमा थप ५ प्रतिशत छुट पाउनेछन् ।
एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जनालाई ३ हजार रुपैयाँको गिफ्ट भौचर र एक जनालाई बोधि स्युइटमा २ रात ३ दिनको लागि पोखरा ट्रिपको पनि व्यवस्था गरेको छ । सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन् ।
मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिनेछन् । लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ । उपभोक्ताले सिभिल मलकै सुचना पाटी तथा फेसबुक पेज (www.facebook.com/MyCivilmall/) बाट हेर्न सकिनेछ । यो योजना असोज २३ गतेदेखि मंसिर १३ सम्म चल्नेछ ।
सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो । ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । मल प्रवेश अगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइ रहेको मलले जनाएको छ ।
त्यस्तै हरेक दिन मल खुल्नु अघि र मल बन्द भए पछि डिसइन्फेक्ट समेत गर्दै आएको छ । मलले सामाजिक दूरी कायम गर्न/गराउन विभिन्न ठाउँमा मार्क र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ । मलले खानेकुरा तर्फ ग्राहकहरुका लागि हाइजिनिक टेकवे प्रणालीको व्यवस्था गरेको छ ।