
२३ असोज, काठमाडौं । होक्काइदो रामन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा जापानको प्रसिद्ध खाना “बेन्तो” नेपाली बजारमा ल्याएको छ ।
होक्काइदो रामन हाउसले भनेको छ,‘हामीले भाटभटेनी सुपरमार्केटमा बिक्री गर्न ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्दछौ । तरकारीहरू आफ्नै बारीमा फलाउँछौं र अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त हाम्रा स्टाफहरूले विशेष ध्यान पु¥याइ छानेका हुनेछन् । हाम्रो बेन्तो हाम्रो आफ्नै सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार गरिन्छ ।’
आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाइ ५ विभिन्न किसिमका हुने कम्पनीले जनाएको छ । अहिलेलाई नक्सालको भाटभटेनीमा उपलब्ध हुनेछ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री गरिने बताइएको छ । होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जापानी खानाको सौन्दर्यलाई कायम राखिएको बताए ।
‘बेन्तो’ भन्नाले एक जनालाई पुग्ने खाना पसल र रेष्टुँरा ‘टेक आउट’ अथवा घरमै बनार पनि बाहिर बोकेर लान मिल्ने खाना बुझिन्छ । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेशे हुन्छ ।