
२३ असोज, काठमाडौं । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईंको निधन भएको काँग्रेस संगठन विभागका सचिव झापा निवास विनकुमार विश्वक्रमाले जानकारी दिए ।
उनका अनुसार प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो । उनी श्रीमति पनि कोरोना संक्रमति भएको बुझिएको छ ।
नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईंको दहास्कार गर्ने विश्वक्रमाले बताए ।
वि.सं. १९७८ मा ताप्लेजुङको हाङपाङमा जन्मिएका प्रसाईं पछिमात्र झापा झरेका थिए । त्यहाँ उनको धेरै जमिन थियो । वीपी कोइरालासँग प्रसाईं नजिक थिए । झापामा धेरै जमिन भएका उनले काँग्रेसलाई अप्ठ्यारो अवस्थामा आर्थिक सहयोग गरेका थिए ।
उनलाई पार्टीले कोषाध्यक्षको जिम्मेवारी पनि दिएको थियो । आर्थिक मामलामा उनी निकै मितव्ययी थिए । उनलाई पार्टीभित्र खुनपरुदे पनि भनिन्थ्यो ।