
२३ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार ५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ । संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस