२३ असोज, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका १ हजार ११६, भक्तपुरका १३० र ललितपुरका १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, शुक्रबार नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस