समाचार

स्याङ्जामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

road accident

२३ असोज, स्याङ्जा । सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत भीरकोट नगरपालिका–१ हेलुस्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ ।

वालिङको पाइनिज हायर एजुकेसन एकेडेमी स्कुलको ग १ क ४३७० नम्बरको बसले हेलुबाट वालिङतर्फ आउFदै गरेको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भीरकोट नपा–३ बानेथोक घर भइ हाल कपिलवस्तु बस्दै आएका ३१ वर्षीय गुप्तबहादुर खत्री र सोही ठाउँ घर भइ हाल वालिङ–१ रामबाच्छा बस्दै आएका ५५ वर्षीय ढालबहादुर रानाको मृत्यु भएको हो ।

गम्भीर घाइते भई कालिका सामुदायिक अस्पताल हेलु स्याङ्जामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस