समाचार

लुम्बिनी प्रदेश सभाका सभामुख घर्तीलाई कोरोना संक्रमण

purna bahadur gharti

२३ असोज, बुटवल । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको उनका प्रेस संयोजक गणेश ओलीले जानकारी दिए ।

रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको प्रेस संयोजक ओलीले बताए । उनका अनुसार सभामुख घर्ती बुटवल रामनगरस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका छन् ।

सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरेका प्रेस संयोजक ओलीले बताए ।

यसअघि शुक्रबार नै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस