अटो

टाटा मोटर्सको हात खाली नजाने दशैँ अफर

TATA Motors Dashain Scheme 1

२३ भदौ, काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आउँदै गरेको बडा दशैँलाई लक्षित गरेर ग्राहकहरुको माझ ‘यो दशैँमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक योजना ल्याएको छ ।

योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरुले हात खाली नजाने आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् । जस अनुसार टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एस र म्याजिक जस्ता गाडीहरुको खरिदमा ग्राहकहरुले वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, ट्यावलेट जस्ता आकर्षक उपहारहरु सहित एक बर्षको फ्री सर्भिस कुपन समेत पाइनेछ ।

त्यसैगरी बुकिङ्ग गरे बापत पनि विभिन्न उपहारहरु प्राप्त हुनेछ । खरिद गर्ने ग्राहकहरु मध्ये बाट तीस जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्र मार्फत आकर्षक बम्पर उपहारको समेत ब्यवस्था गरिएको छ ।

सिप्रदी ट्रेडिङ कमर्सियल गाडीका जेनरल म्यानेजर अनुपमणि ढकालले भने, ‘सिप्रदीले सधैँ आफ्ना ग्राहकलाई पहिलो प्राथमिकतामा राखेको छ । र हरेक वर्षझैँ यो वर्ष पनि हामीले आफ्ना ग्राहकहरुका लागि यस वर्षको महान चाडपर्वलाई ध्यानमा राखेर दशैँ अफर निकालेका छौं । ग्राहकहरुको तर्फबाट पनि यस वर्षको अफरलाई सकारात्मक प्रक्रिया आइरहेको छ । यसका साथै सिप्रदीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यमा व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा सरल र सहज रुपमा उपलब्ध गरि रहेको छ ।’

उक्त सहुलियत कर्जाका बारे विस्तृत जानकारी लिनको लागि टोल फ्रि नम्बर एनटीसी भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

अहिलेको प्रतिकुल परिस्थितिमा आएको बडा दशैंमा ग्राहकहरुलाई केहि खुसी प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको सिप्रदी ले जनाएको छ । ग्राहकहरुको टाटा गाडी प्रतिको आकर्षण र उत्साहजनक सहभागिता रहेको यो योजना भाद्र २५ गतेबाट देशैभर लागू गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस