
२३ असोज, बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले घुससहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेमा कार्यरत हवल्दार राजेशबहादुर द्वाललाई १३ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार नेपालगञ्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।
जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इँटाभट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै द्वालले सेवाग्राहीसँग घुस लिएको पाण्डेले बताए ।
हवल्दारले मानपुरस्थित एक कोल्डस्टोरमा बसेर घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो । घुस रकमसहित नियन्त्रणमा लिएका द्वालमाथि अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस