
२४ भदौ, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।
हालको मौसम देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आँशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आन्शिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।