समाचार

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा

shanta ch.

२४ असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।

वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको छ ।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।

शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस