समाचार

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काँग्रेस नेता पौडेल आइसोलेसनमा

ramchandra paudel

२४ भदौ, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो घरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् ।

शुक्रबार ट्विटरमा उनले आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका हुन् । आफू र आफ्नो परिवारका सदस्यमा भने कुनै लक्ष्यण नदेखिएको उनले बताएका छन् ।

पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको  पुनः स्वाव संकलन गरिएको थियो ।

पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस