
२४ भदौ, काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठक प्रवक्तामा नियुक्त गरिएको शनिबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उमेदवार बनेका थिए । ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।
उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस