अर्थनीति

व्यवस्थित पूर्वाधार निर्माण गर्न आग्रह

purba

२४ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताए ।

नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए । ६० प्रतिशत सरकारको लगानी  ३० प्रतिशत निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका छन् । यातयाता, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र (सेज), शहरी पूर्वाधार लगायत क्षेत्रमा अवसर लगानीको अवसर रहेको उनले बताए ।

हाइड्रो, टुरिजम  होटल र सीमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उनले बताए । पब्लिक प्राइभेट पाटनरसीपमा पूर्वाधार लगानी पर्याप्त मात्रामा हुन नसकेको उनको भनाइ छ । कार्यपत्र प्रस्तुत गर्दै पिई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताए । ६ प्रतिशतदेअि ८ प्रतिशतसम्मको जिडीपी ग्रोथले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उनको भनाइ छ ।

अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उनको भनाइ छ । ‘सडकको ट्रयाक खोल्नमै छौ, उनले भने, हामी डेपलपमेन्टमा छैनौ’  अब लगानी गर्ने पूर्वाधारले देशको विकास कहाँ पुग्छ भन्ने भन्न सकिने उनको भनाइ छ । योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उनको भनाइ छ । संघीयता सुरु भएको समयमा पूर्वाधार निर्माणको चरण भएको उनको भनाइ छ ।

सिभिल ईञ्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताए । विकसित शहर बनाउन पहिला नै योजना बनाउनुपर्छ’उनले भने । नेपालको शहरी क्षेत्र पूर्णरुपमा व्यवस्थित हुन नसकेको भन्दै अब निर्माण गर्दा व्यवस्थित गर्न सकिने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उनको भनाइ छ । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यक भएको उनको भनाइ थियो ।

ईञ्जिनियर दिपक बाबु कडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड १९ ले उत्पन्न गरेको विशम परिस्थितिमा पनि गैरआवासीयले महत्वपूर्ण काम गरेको बताए । भौतिकरुपमा टाढा रहेपनि संमृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक गर्न विश्वकै जुनसुकै देशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुने बताए ।

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने बताउँदै उनले स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको बताए ।गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस