समाचार

भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित

nepali congress office

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कांग्रेस स्रोतका अनुसार पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको हो ।

काँग्रेसमा पार्टीका पूर्वपदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन छ । प्रसाईँको निधन शुक्रबार भएपनि शुक्रबार अफिस बन्द नगरिएकोले आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने भएको हो । आगमी बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित बनेको छ ।

यसअघि असोज १९ गतेलाई निर्धारित बैठक केन्द्रीय सदस्य अर्जननरसिंह केसी र गगनथापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएपछि स्थगित गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस