२४ भदौ, काठमाडौं । भिन्डी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्डीबाट बनाइन्छ । भिन्डी स्वस्थका लागि निकै राम्रो मानिन्छ । यसमा प्रोटीन, रेशा, कार्बोहाइट्रेड, फास्फोरस, आइरन, म्याग्रीसियनम, पोटासियम, सोडियम र कपर पाइन्छ ।
भिन्डी खानुका फाइदाहरु:-
मुटुको रोगबाट बचाउने काम गर्छ
प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ
गर्भवती महिलालाई फादइाजनक
भिन्डीमा भिटामिन बी ९ र फोलिक एसिड तत्व हुन्छ जसले गर्भवती महिलाको नवजात शिशु न्युरोलोजिकल बर्थ डिफेक्ट रोक्न मदद गर्छ । यदी तपाई पनि गर्भवती हुनुहुन्छ भने भिन्डी खानुहोस् ।
क्यानसरबाट बचाउने काम गर्छ
भिन्डीमा रहेको हाइ एन्टी अक्सिडेट तपाईको सेल फ्री रेडिकल सेल्सलाई बिग्रिनुबाट जोगाउँछ ।
मस्तिष्कका लागि राम्रो
भिन्डीमा भिटामिन बी ९ जस्तो पोषक तत्व हुन्छ । यो पोषक तत्व मस्तिष्कलाई स्वस्थ राख्न काम गर्छ ।
तौल घटाउन
तौल घटाउन समेत भिन्डीले काम गर्छ । यसमा धेरै कम क्यालोरी हुन्छ भने फाइबर ज्यादा हुन्छ । तपाईले भेटभरी भिन्डी खाए पनि कम क्यालोरी लिनु हुनेछ । १०० ग्राम भिन्डीमा ३३ क्यालोरी हुन्छ ।
डायबिटिज नियन्त्रण गर्ने काम गर्छ
डायबिटिजका बिरामीहरुलाई भिन्डीको तरकारी सही साबित हुन्छ । फाइबरले भरपुर भिन्डीले पाचन प्रक्रियामा शुगर अवशोषणको दरलाई नियन्त्रित गरी ब्लड सुगर लेबल कन्ट्रोल गर्ने काम गर्छ ।