
२४ भदौ, काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा २ हजार १ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, शनिबार नेपालमा थप ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस