
२४ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।
यस्तै, शनिबार नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस