
२४ भदौ, झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ पैतिस लाईनबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५८ बण्डल पटाका सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर ४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन् ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो राति ७ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ३४१३ नम्बरको अटोमा जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको पटाका फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पटका र अटो सहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस