समाचार

सर्लाहीका सीडीओ पौडेललाई कोरोना संक्रमण

sarlahi CDO

२४ असोज, जनकपुरधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा २२ असोजमा स्वाब दिएका उनको शनिबार रिपोर्ट आएको हो । कोरोना सक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताए ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र लक्षण देखापरेमा कोरोना परीक्षण गराउन समेत अनुरोध गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस