समाचार

बेलझुण्डी अस्पतालमा एक सङ्क्रमितको मृत्यु

covid 19 dead

२४ भदौ, दाङ । दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीका अनुसार रुपन्देहीको तिलोतमा नगरपालिका वडा नं ३ निवासी ६६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा असोज २२ गते कोरोना पोजेटिभ देखिएकी उहाँलाई बुटवलमा आइसीयू खाली नभएपछि उपचारका लागि शुक्रबार दाङ ल्याइएको थियो ।

मृतक महिलालाई लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस