समाचार

घरायसी विवादमा श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरेर हत्या

hattya

२४ भदौ, काठमाडौं । झापाको कमल गाउँपालिका–२ त्रिवेणी चोकमा शनिबार आफ्नै श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा ३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गरी श्रीमती वर्ष २४ की रीता थापाको हत्या गरेका हुन् ।

घरायसी विषयमा विवाद बढेपछि आक्रोशित हुँदै रामजीले घरभित्रबाट खुकुरी झिकी घाँटीमा प्रहार गर्दा रीताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरीले रामजीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस