
२५ भदौ, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युनचापीय क्षेत्र रहेको छ र उक्त न्युनचापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।
महाशाखाले हाल देशभर नै आँशिक बदली भइरहेको जनाएको छ ।
यसैगरी, दिउँसोको मौसम भने प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस