समाचार

२८ दिनपछि डा. केसीको अनसन तोडियो

kc samjhauta

२५ भदौ, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएपछि २८ औं दिनमा आज अनशन तोडेका छन् । शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन् ।

उनलाई अब आइसीयुमा भर्ना गरिने जनाइएको छ । शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो । उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए ।

सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन् । ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने विषय उल्लेख छ ।

सहमति यस्ताे छ:

kc1kc2

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस