समाचार

कोरोना भाइरस संक्रमणबाट सप्तरीमा थप एक महिलाकाे मृत्यु

covid 19 dead

२५ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

असोज २० गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । उनमा ज्वारो तथा रुधाखोकीको समस्या देखिएको थियो ।

स्वास्थ्यमा थप समस्या भएपछि आइतबार बिहान छिन्नमस्ता अस्पताल पुरयाउने बितिकै उनको मृत्यु भएको हो । योसँगै सप्तरीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस