समाचार

ठमेलमा ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

arrest

२५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेलमा ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका–२० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साह रहेका छन् ।

ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएको ट्राफिक प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका साहलाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साहले बा ४२ प ६२६८ नम्बरको मोटरसाइकल गलत साइडबाट ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्रभित्र २०० रुपैयाँ हालेर प्रहरीलाई घुस दिन खोजेका थिए । घुस रकमसहित साहलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस