समाचार

काठमाडौं उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

kathmandu valley

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पत्यकामा पछिल्लो २४ घण्टामा थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१ जना र भक्तपुरमा एक सय १०  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज दुई हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख सात हजार सात सय ७५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस