
२५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित देशभर हालसम्म कोरोना संक्रमितको संख्या एक लाख सात हजार सात सय ५५ पुगेको छ ।
त्यस्तै, आइतबार कोरोनालाई जितेर १५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसहित नेपालका कोरोनामुक्त हुनेको संख्या ७५ हजार आठ सय चार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस