समाचार

मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

binaya mohan kwatra

२५ भदौ, काठमाडौं । नेपालस्थित भारतीय दूतावासका राजदूत विनय मोहना क्वात्रा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि राजदूत क्वात्रा सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

राजदूत क्वात्रा र मन्त्री भट्टराईबीच शुक्रबार भेटवार्ता भएको थियो । मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस