समाचार

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

Girirajmani Pokharel

२५ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस