समाचार

राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट नसाट्ने

new paisa

२५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै नोट सहटी नगरिने जानकारी दिएको हो । नोट साट्दा भीडभाड हुने र यसले कोभिड-१० को संक्रमण बढ्नसक्ने भन्दै नोट नसाट्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो ।

बडादशैंको संघारमा आइपुग्दा विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमण नेपालमा समेत तीव्र रुपमा बढ्दै गएको र नेपाल सरकारले सोको रोकथाम र नियन्त्रणका लागि तोकेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुमा बैंकहरुमा भीडभाड हुन नदिने विषय समेत उल्लेख भएको भन्दै नोट नसाट्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो ।

‘राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलनसक्ने सम्भावना उच्च भएको परिप्रेक्षमा आम नेपालीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै बडादशैंको प्रयोजनका लागि नयाँ नोटको सटही सुविधा प्रदान नगरिएको व्यहोरा अनुरोध छ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

rastra bank

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस