समाचार

आठ वर्षअघि हत्या गरी फरार भएका युवक भक्तपुरबाट पक्राउ

subash sunar

२५ भदौ, काठमाडौं । आठ वर्षअघि काभ्रेमा हत्या गरी फरार भएका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका–४ बस्ने २२ वर्षीय सुवास सुनार रहेका छन् ।

सुवासलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले जानकारी दिए ।

सुवास २०६९ साल कात्तिक आठ गते बेलुकी काभ्रेको बेथानचोक गाउँपालिका ४ चलाल गणेशस्थानमा लागेको सांस्कृतिक कार्यक्रममा भाग लिई फर्किएका थिए । कार्यक्रम सकेर निस्किएका उनले मंगलबहादुर तामाङका १८ वर्षीय छोरा एन्जल तामाङमाथि कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेका थिए ।

उनलाई २०७४ असार १४ गते जिल्ला अदालत काभ्रेले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । सुवासलाई कैद भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्लिसनाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस