
२६ भदौ, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ ।
उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम-उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । अहिले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख भएको छ भने, प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भूभागहरूमा आंशिक बदली रहने छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।