समाचार

१२ सय कैदी घरमा नै बस्न पाउन सक्ने !

jail

१६ कात्तिक, काठमाडौं । हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय रहेको छ ।

‘नेगेटिभ’ सूचीमा नपरेका र दुई तिहाइ सजाय भुक्तान गरिसकेका तर १ वर्षभन्दा बढी अवधि बाँकी रहेका कैदीले घरमा नै बस्न वा सप्ताहान्तमा एक दिन वा राति मात्रै कारागारमा बस्न पाउने व्यवस्था वैकल्पिक कारागार हो ।

विभागका अनुसार अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरत र मुद्दाको पुर्पक्षमा भएका कैदी र बन्दी थुनुवा संख्या करिब २५ हजार छ । त्यसमध्ये अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरतको संख्या १४ हजार ५ सय हाराहारी छ । सजाय भुक्तानरत कैदीको हिस्सता ५८ प्रतिशत छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस