बलिउड / हलिउड

जेम्स बन्डको भूमिका निभाएका अभिनेताको निधन

sinn

१६ कात्तिक, काठमाडौं । जेम्स बन्डको भूमिका निभाएका कारण चर्चामा आएका अभिनेता सर शन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ । जेम्स बन्डलाई ठूलो पर्दामा ल्याउने पहिलो अभिनेता थिए ।

यो भूमिकालाई उनले सात फिल्ममा उतारेका थिए । दशकौंसम्म उनी फिल्मी पर्दामा राज गरिरहे । सन् १९९८ मा द अनटचेबल्स नामको फिल्मका लागि उनललाई अस्कर अवार्ड दिइएको थियो ।

उनका छोरा जेसन कनरीले उनको निधन बहामासमा भएको जानकारी दिए । उनी पछिल्लो केही दिनदेखि बिरामी थिए । बहामासमा उनको अन्तिम समयमा परिवारका थुप्रै सदस्य उनीसँगै थिए ।

उत्कृष्ट अभिनेताको अवार्डः

थुप्रै सर्वेक्षणमा सर शन कोनरीलाई जेम्स बन्डको भूमिका निभाउने सबैभन्दा उत्कृष्ट अभिनेता बताइएको थियो । सन् २००० मा उनलाई नाइटहुडको उपाधिबाट सम्मानित गरिएको थियो ।

उनी स्कटल्याण्डको स्वतन्त्रताको समर्थक पनि थिए । सन् २०१४ मा उनले एक अन्तरवार्तामा स्कटल्याण्ड बेलायतबाट अलग हुनका लागि मतदान गर्छ भने उनी बहामासको आफ्नो घर छोडेर स्कटल्याण्ड फिर्ता हुने बताएका थिए ।

स्कटल्याण्डकी फर्स्ट मिनिस्टर निकोला स्टरजिअनले भनिन्, ‘आज बिहान सर शन कोनरीको निधनको खबर सुनेर मन भाँच्चियो । हाम्रो देश आफ्नो सबैभन्दा प्रिय छोराको निधनको शोकमा डुबेको छ ।’

साधारण परिवारमा जन्मः

शन कोनरीको जन्म एडिनबरामा २५ अगस्ट सन् १९३० मा भएको थियो । उनका पिता एक कारखानामा मजदुर थिए र आमा घरेलु सहयोगीको रुपमा काम गर्थिन् ।

१३ वर्षको उमेरमा उनले स्कूल छोडिदिए । उनले दुध बेच्ने, कफिन पालिस गर्नेजस्ता काम पनि गरेका थिए । उनी रोयल नेभीमा पनि प्रवेश भए तर पेटमा अल्सर भएका कारण तीन वर्षपछि उनलाई निकालियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस