समाचार

विप्लव समूहकी ललितपुर जिल्ला सेक्रेटरी विदुषी पक्राउ

bidushi

१६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘बिदुषी’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई शनिबार ललितपुरको पाटनबाट प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गर्दै उनको कोठाबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको थियो । त्यसपछि ललितपुर जिल्ला सेक्रेटरी विदुषीले विज्ञप्ति निकालेर एसएसपी राईलाई धरपकड नगर्न धम्की दिएकी थिइन् ।

‘जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घर्ने घरपकड गर्ने तथा शारीरिक, मानसिक यातना दिने काम तुरुन्त रोक्न’ विज्ञप्तिमार्फत् भनिएको थियो ।

प्रहरीले पक्राउ गरेका बज्राचार्य भने लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको सो विज्ञप्तिमा उल्लेख थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *