
१६ कात्तिक, काठमाडौं । भारतको छत्तीसगढस्थित बालोद जिल्लामा डेढ वर्षीया बालिकाको अनुहार तथा शरीरका विभिन्न अंगमा चुरोटले झोसेको आरोप लागेका एक प्रहरीलाई बर्खास्त गरिएको छ।
प्रहरी जवान अविनाश रायलाई बालिकाको अनुहार तथा शरीरमा चुरोटले झोसेको आरोपमा बर्खास्त गरिएको हो । प्रहरीका अनुसार घटना कुन परिस्थितीमा भयो, त्यसको अनुसन्धान भइरहेको छ ।
बालोदका प्रहरी अधिक्षक जितेन्द्र मिणाले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘आरोपी प्रहरीलाई पक्राउ गरेर न्यायलयमा पेश गरियो । अभियुक्तलाई जागिरबाट बर्खास्त पनि गरिएको छ ।’
के हो आरोप ?
अभियुक्त अविनाश राय बालोद जिल्लाको सिवनीमा भाडामा बस्दथे । त्यहाँ उनी आफ्नो सामान लिन जाँदा राती घरबेटीकी डेढ वर्षकी बालिकालाई आफूलाई पापा भन्न लगाए ।
प्रहरीका अनुसार जब बालिकाले उनलाई पापा भनिन् तब अभियुक्तले उनलाई चुरोटल ठाउँ–ठाउँमा पोलिदिए । प्रहरीका अनुसार बिहिबार राती साढे १० बजे आसपास पीडित बालिकाकी आमाले बलोद प्रहरीले ऊजुरी दर्ता गरिन् ।
प्रहरीका अनुसार सुरुमा घटना गाउँमै मिलाउन खोजेको जस्तो पनि पाइएको छ किनभने बच्चीको उपचारका लागि अभियुक्त अविनाश र बालिकाकी आमा सुरुमा अस्पताल गएका थिए । तर जब मिडियामा घटना सार्वजनिक भयो अनि मात्रै प्रहरी कार्यालयमा उजुरी परको छ ।