मनोरञ्जन ताजा समाचार

भिटेनले मागे माफी : संशोधित भिडियो सार्वजनिक गरिने

vten paara

१६ कात्तिक, काठमाडौं । आपत्तिजनक शब्द प्रयोग गरेर ‘पारा’ गीत सार्वजनिक गरेपछि प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी मागेका छन् ।

उनले शनिबार फेसबुकमार्फत एक विज्ञप्ति जारी गरी गीतका केही शब्हरुले कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएका कारण १३ गते आधिकारिक च्यानलबाट हटाइएर संशोधन गरिसकेको जनाएका छन् । उनले अब चाँडै संशोधित म्युजिक भिडियो उनकै आधिकारिक च्यानलबाट प्रकाशित गर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा माफी माग्दै लेखिएको छ, “सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्छु ।”

साथै भिडियोलाई अनधिकृत रुपमा अन्य कुनै पनि माध्यमबाट प्रकाशित नगरदिन पनि उनले सबैमा आग्रह गरेका छन् ।

vten notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *