१६ कात्तिक, काठमाडौं । गोरखाका आशिष मगरको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मगरको १४ कात्तिकमा टोखा नगरपालिका–४ धापासीस्थित देवी मन्दिरमा धारिलो हतियार प्रहार भएको थियो । प्रहारबाट गम्भीर घाइते भएका मगरको चिरायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको थियो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
पक्राउ पर्नेमा संखुवासभा घर भई धापासी बस्ने १९ वर्षीय दोर्जे शेर्पा, टोखा नगरपालिका–५ बस्ने २६ वर्षीय डेडे भन्ने राम श्रेष्ठ र स्याङ्जा गलाङ–३ बस्ने २७ वर्षीय रवि थापा मगर रहेका छन् । तीनैजनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस