विश्व/प्रवास

अस्ट्रेलियामा पाँच महिनापछि शून्यमा झर्‍यो कोरोनाका नयाँ संक्रमितको संख्या

australia lockdown

१६ कात्तिक, काठमाडौं । अस्ट्रेलियामा करिब पाँच महिनामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ । अस्ट्रेलियाले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अस्ट्रेलियामा कोरोनाका कुनै पनि संक्रमित भेटिएका छैनन् । यससँगै अस्ट्रेलियालाई आगामी दिनमा सामाजिक गतिविधिमा लगाइएका प्रतिबन्ध खुकुलो पार्ने बाटो खुलेको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित भिक्टोरियामा लगातार दोस्रोदिन कुनै पनि संक्रमित भेटिएका छैनन् । अस्ट्रेलियाको भिक्टोरियामा कोरोनाबाट मृत्यु हुनेको ९० प्रतिशतभन्दा धेरैको मृत्यु भइसकेको छ । अहिलेसम्म समग्र अस्ट्रेलियामा ९०७ जनाको मृत्यु भएको छ । साथै अहिलेसम्म अस्ट्रेलियामा २७ हजार ५९५ संक्रमित फेला परेका छन् ।

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टका अनुसार जुन ९ यता अस्ट्रेलियामा पहिलोपटक कोभिड–१९ को संक्रमण नदेखिएको हो । ट्वीटरबाट स्वास्थ्यकर्मीका साथै अस्ट्रेलियाका जनतालाई धन्यवाद दिएका छन् ।

अस्ट्रेलियाको स्वास्थ्य व्यवस्थालाई धरासयी बनाउन अघि नै संक्रमण नियन्त्रणका लागि लागू गरिएको उपाय र जनस्तरमा गरिएको नियमको पालनाका कारण त्यहाँ संक्रमण नियन्त्रणमा आएको छ ।

स्रोत : रोयटर्स

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस