
१६ कात्तिक, काठमाडौं । प्रहरीले लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाव गोंगबको टोलीले गाँजासहित तीनजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
काठमाडौं महानगरपालिका–२६ स्थित मेघा गेस्ट हाउस नजिकै बा ९० प ६२८९ नम्बरको स्कुटरबाट नीलो रङको प्लास्टिकमा लुकाएर राखिएको गाँजा बरामद गरिएकाे एसपी राठौरले बताए ।
स्कुटरबाट झोला झिकेर गेस्ट हाउसतर्फ जाने क्रममा प्रहरीलाई शंका लागेर जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका–६ का २२ वर्षीय राहुल लम्साल, धादिङ गल्छी गाउँपािलका–१ का २५ वर्षीय इश्वर मगर र पाँचथर हिल्याङ गाउँपालिका–६ का १९ वर्षीय गणे मैनाली रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट ७ हजार रुपैयाँ नगद समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।