समाचार

आइतबार देशभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि

map of nepal

१६ कात्तिक, काठमाडौं । आइतबार देशभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार विभिन्न प्रयोगशालामा १३ हजार २३ जनाको नमुना परीक्षण गर्दा थप २ हजार ८२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ।

त्यसैगरी आइतबार ३ हजार ६२० जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनामुक्त हुने प्रतिशत ७७.७ रहेको छ।

हाल देशभर ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये २८३ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस