समाचार

सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन

Health Ministry

१६ कात्तिक, काठमाडौं । सरकारले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टीकरण समेत सोधिएको छ ।

सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस